Posts

Showing posts from September, 2025

Generation Z - उत्तम गोबिन्द मुरारी अधिकारी |||

 सोध, प्रतिसोध ,ईर्ष्या ,रहर ,उल्लाहस ,दुख कष्ट ,संघर्ष ,अधिकार र दायित्व बिच जुझिरहेको मलाई  एकदिन  भगवान संग साक्षात्कार गर्न भित्रैदेखि ईच्छा जाग्यो ।  अब भगवान खोज्ने तलासमा म मन्दिर , मठ ,मस्जिद ,चर्च , सबैतिर  भौतारिएँ ! यो समाज अनि समाजका अधिकांश सबै मैले मुर्ख देख्न थालेको थिएँ । सायद मेरो समाज यो हैन कि जस्तो पनि लाग्थ्यो ! अमेरिका ,जापान, नर्वे र अस्ट्रेलिया तिर हुनुपर्ने मान्छे म कसरी झुक्किएर नेपाल रहिरहेको छु ?  यो प्रश्नले मलाई बुद्विजिवी होस् तँ ! जहिल्यै ढुक्क बनाउँथ्यो !!!  म बारबार काकाको जोक्स सुनिरहेको हुन्थे , मामाको  कुरालाई हो हो भन्दै सहि थापिरहेको हुन्थे , पिताजीको उत्कण्ठालाइ सुनेर सारथि बन्थे !  उनीहरुको तर्क र अभिव्यक्ति संसारकै सस्तो , पटमुर्ख र बिबेकहिन लाग्दथ्यो । भनेको सुनेर आफु लायकका कोहि नभएको र  संसोधनको लागि जहिल्यै सुझबुझ पस्किंथे । साथीभाइको वाहवाही र प्रशंसाले मेरो अभिव्यक्तिको ईज्जतले आसमान छुन दौडीन्थ्यो !  मेरो अधिकांश दिनचर्या  विदितै थियो । हरदिनको  तनाव ,हतास , संघर्ष र संघर्ष ...