Generation Z - उत्तम गोबिन्द मुरारी अधिकारी |||

 सोध, प्रतिसोध ,ईर्ष्या ,रहर ,उल्लाहस ,दुख कष्ट ,संघर्ष ,अधिकार र दायित्व बिच जुझिरहेको मलाई  एकदिन  भगवान संग साक्षात्कार गर्न भित्रैदेखि ईच्छा जाग्यो ।

 अब भगवान खोज्ने तलासमा म मन्दिर , मठ ,मस्जिद ,चर्च , सबैतिर  भौतारिएँ ! यो समाज अनि समाजका अधिकांश सबै मैले मुर्ख देख्न थालेको थिएँ । सायद मेरो समाज यो हैन कि जस्तो पनि लाग्थ्यो ! अमेरिका ,जापान, नर्वे र अस्ट्रेलिया तिर हुनुपर्ने मान्छे म कसरी झुक्किएर नेपाल रहिरहेको छु ?  यो प्रश्नले मलाई बुद्विजिवी होस् तँ ! जहिल्यै ढुक्क बनाउँथ्यो !!!

 म बारबार काकाको जोक्स सुनिरहेको हुन्थे , मामाको  कुरालाई हो हो भन्दै सहि थापिरहेको हुन्थे , पिताजीको उत्कण्ठालाइ सुनेर सारथि बन्थे !  उनीहरुको तर्क र अभिव्यक्ति संसारकै सस्तो , पटमुर्ख र बिबेकहिन लाग्दथ्यो । भनेको सुनेर आफु लायकका कोहि नभएको र  संसोधनको लागि जहिल्यै सुझबुझ पस्किंथे । साथीभाइको वाहवाही र प्रशंसाले मेरो अभिव्यक्तिको ईज्जतले आसमान छुन दौडीन्थ्यो ! 


मेरो अधिकांश दिनचर्या  विदितै थियो । हरदिनको  तनाव ,हतास , संघर्ष र संघर्ष पछिको शुन्य उपलब्धिले  म  आजित भएको महशुस गर्दथें  । गरेको मेहनतको अपेक्षित परिणाम हात नपर्नु र सो अवस्थालाई आफैले स्वीकार गर्न नसक्नुले भगवान जी संगको साक्षात्कार गर्ने रहर र दृढता हरपल बढेर उभार लिने गर्दथ्यो । कल्पित मुद्रामा यदि सुनिदिए , सम्भव भैदिए भगवान संग एकछिन बसेर बहस गर्ने थिएँ । बहसमा सोध्ने  थिएँ  अनगिन्ति कौतुहलताका प्रश्नहरु , माग्ने थिएँ जीवनमा सुगन्ध छिटने वासनाहरु र जिकिर गर्ने थिएँ   सम्पूर्ण सुबिधाको भोगभरपाई !!! भित्रै मनदेखिको कामना !!!   

फेरी झसंग भएँ यो कल्पनाले मलाई निकै काल्पनिक बनाएको छ ! सपना झैं  यो सोचको केहि समयपछी एउटा  कामले मलाई कतै बाहिर टहल्न निकाल्यो । मेरो यो यात्रा संगै मस्तिष्कले पुन: त्यहि भगवानजि संगको साक्षात्कार र कल्पनाको सागरमा डुबाउदै लागिरहेको थियो ।  जादै गर्दा मैले जंगल वरिपरिका बाँदर देखें ! सुसू गर्न गाडी साइड लगाएर परपर भएकालाइ   शिर निहुराएर हनुमान जी सम्झिएर प्रणाम गरें  र सुसू पश्चात गाडीमा आएर हेर्छु  छेउको सिटमा बाँदर  देखें  जिउ फुलेर आयो  उसले देखाको  ङ्गीच्च दाँत " आइज भित्र बस अनि बसेर गफ गर भने जस्तो थियो  ! तर गुज्बमले हात गोडाका रौँ  निकै ठाडा भैसकेका थिए , मलाई डर थियो मेरो चस्मा न टप्काइदिओस् ! तुरुन्तै  मोटो लाठी लिएर  बाँदर धपाउन सफल भएँ ! निकै परपर पुग्दा पनि  फर्की फर्की हेरेर मलाई दाँत  ङ्गीच्च देखाउनुले केहि समय पछी वहाँ नै कतै साक्षात् भगवान होईनन भन्ने जिज्ञासा चपुर नपुगुन्जेल मनभित्र खेलिरह्यो ।

  दुर्गा मन्दिर हुदै आफ्नो कार्यस्थल पुगें ,फेरी शिर निहुराएर मातारानीलाई नमन गरें सायद मनमा केहि अंश  त्यो भाव अझै छाल्किरहेको थियो  कि भग्गवानजी संग भेटुँ ,दुख बिस्साउँ ,केहि माँगु  ,  समय बित्यो केहि घण्टा। …. केहीक्षण पछी त्यो कार्यालय हुदै  एक महिला पास भईन  , त्यो बखत गतिमा आएको सुस्तपन र उनको मन्द मुस्कान संगै  टेडी नजरले संकेत गरिरहेको थियो आइज बातचित गर ! तर मेरो तिब्र निर्णयले उनलाई बाटो कै बटुवामा सिमित बनायो , केहि समय पछी पुन: भेट भयो ,गाडीको प्रतिक्ष्यामा थिईन सायद , गाडीमा लिफ्ट मागिन साँझ झमक्क भैसकेकाले  मैले चाहिंन र गाडीलाई कर्भ डिरेक्सन कभर  गर्दै  टाढीएं फेरी मनमा प्रश्न उब्जियो उफ तिनी महिला साक्षात्  दुर्गा पो थिईन  कि ? 

  जंगल पास गर्दै गर्दा बिबिध ध्वाजा ,पुजा गरेर नागको प्रतिमूर्ति र धुप नैबेद राखिएको पुजापृष्ठ देखें  त्यसबखत पनि  नागा भगवानलाई सम्झिएँ र नमन गरें र तुरुन्तै मनमा काष नाग भगवानले दर्शन दिएर मणि छोडेर गए हुने ! कल्पना आउँन  भ्यायो। ….  फेरी आफ्नै सुर समात्दै   यो लिंक मा भएको  ( https://youtu.be/H_YPiHndGOo?si=s3CEsfe2dSJxLRYP )मिठो  धुन  सुन्दै यात्रालाई निरन्तरता दिईरहेको थिएँ ! मेरो होस्  उड्यो  गाडीको  १० मिटर अगाडी  अजंगको लामो न लामो सर्प देखें ,म भएतिर लम्कियो मैले आत्मरक्षाको लागि सर्पलाई गाडीले कुल्चिदिएँ सर्प आत्तिएर  जंगल पस्यो !  र मलाई फेरी मन पोल्यो के था ? त्यो सर्प साँची नाग्देव पो थिए कि ? यत्ति नजिक उपलब्ध भैसकेको अवसर म वाट चुकिरहेको झैं लागिरहन्छ र यस्तै घटना मेरो जिवनमा निरन्तर घटिरहेको छ !

न बास्तबिक परिस्थिति अंगाल्ने सक्षमता छ म संग ,न  काल्पनिक विश्वासलाई नै अंगाल्न सक्ने दृढता यो बिचमा म झैं  पिल्सिरहनु भएको तपाइलाई भगवानजी  ( प्रधानमंत्री ,मंत्री,सांसद,वकिल,प्रोफेसर,कैदी,बिद्यार्थी  यावत  )  पहिचान र छनोटमा समस्या आएको त् हैन ?  समयले हरेक कुराको निकास दिदै गईरहेको हुन्छ , जब मेरो पालो आउँछ मलाई लाग्छ मैले नै भनेको सबै ठिक छ ,हुन्छ र तपाइको पालो हुदा तपाइले नै भनेको ठिक हुन्छ । यो मेरो ठाउँ नै यस्तो गुण बोकेको हुन्छ बिरलै अरुको ठिक हो भन्नलाई  सहमति दिन्छ त्यो पनि निकै बोधहरुको शारंशमा ।  यहि असहमतिले मलाई आज समाजमा विद्वान बनाएर राखेको छ , बरिष्ठ बनाएर राखेको छ , सोधकर्ता देखि लिएर प्रतिसोधकर्ता सम्म बनाउन भ्याएको छ ! विश्वास जान्नुपर्ने  सत्य तथ्य नभई पुष्ट्याईएको अरुको परिभाषाको आधारमा मान्नुपर्ने  बुख्याचा भएको छ ।यिनै कुरालाई चिर्न निक्लेको भगवान जीको खोजि गर्ने म बारबार तिनै अवसर कुल्चिरहेको त् छूइन ?

निरन्तरतामा राम्रा नराम्रा क्षण आई नै रहन्छन , जिवनमा गरिएका शतप्रतिशत काम नैतिकवान रहन्नन पनि र सबै अनैतिक हुदैनन् पनि  ,गरिने कामको प्रतिफल समयले नै परिणाम स्वरुप दिदै जान्छ भनेर बिश्वास गर्ने हामीले अहिलेको विषम परिस्थिति पनि तिनै कर्मको प्रतिफल हुन् भनेर बुझेका छौं भने भोलिको दिनमा पनि निक्लने परिणाम कर्मको आधारमा राम्रो नराम्रो छुट्टिने होलान ! फेरी त्यस चिजले पनि त् भविस्य तय गर्ला कुन दिशामा लैजाने भनेर ? 

Comments

Popular posts from this blog

Pushpa 2: The Unexpected Twist That Changes Everything

What the Fuck(WTF)?!