Mystery Encounter.


दिनको करिब ०३:००  बजेको छ ! आम मानिसलाई डुकडुक काम्दै  “ के साह्रो जाडो !!!” भन्नलाई तराईको बेजोड शित लहर र बाक्लो हुस्सु  काफी  छ |

 थ्री स्टार मिट प्रोडक्ट र नेप्स कफी कम्पनी प्रा.ली. को सामानले मेरो सानो टाटा मोटर्सको DI  भरिदैंछ   अब vcts को प्रक्रियालाई प्राथमिकतामा राखेर घर संसार -बर्दिबासको लागी रवाना भईन्छ ,  गाडीको स्पिड एकदम समथर र सुरक्षित बाटोमा मात्रै ७०कि.मि./घण्टा छ नत्र ५० नाघेको छैन ! हुस्सु काट्न हेडलाइट जलाएको छु अनि गाडीमा रहेको  क्यासेटमा  शिरिष खड्काको गित चिहानकी परी बजाएको छु !  धित नमरुन्जेल गितलई रिपिट बटमले दोहोर्याईरहेको छु !

 

 

“एक्लो यो रातमा ....

एक्लो यो रातमा ......

मेरो यो घाटमा .... नचलाउ घरीघरी ....नचलाउ घरीघरी ..........चिहानकी परी !”

 गितारको ट्युनिंग भरपुर रहेको उक्त सुमधुर गित मेरो ओठले पनि गुनागुनाईरहेको छ , गाडीमा  एक्लै क्लच ,एक्सिलेटर र कहिं कतै ब्रेक बाहेक साथी कोहि   त् त्यहि क्यासेट मा बजेको गित !  त्यसपछि ड्राईभरको सिटबाट देखिने  अविच्छिन्न  फग्गी नजाराहरु  !!! हिउँदको बाक्लो हुस्सु अनि सुर्यको अनुपस्थीतीले गित झैँ  साच्चैं दिउँसै  रातको महसुस गराएको छ |

सडक छेऊ युवतिहरु  देख्दा  “ हिउँ जस्तै सेतो ...नरम गाला तिम्रो ....गुलाबी तिम्रो ओठ

नशालु आखाँले ...बिषालु भाकाले ... भएछु म  मदहोस ! ”  क्यासेटमा  गुन्जिरहेको छ !

भलै  गाडीमा एक्लै छु तर  हर्षित मेरो मुद्राले स्टेजमा पर्फमरको भूमिका निभाईरहेको प्रत्याभूति दिईरहेको छ ...म लिईरहेको छु !

 

..........बाबुले के ल्याउनुभएको गाडीमा ? सोधपुछ हुन्छ | चिया न सकुन्जेल  कफी कम्पनीको ब्राउजर देखाउदै ...हेर्नुस  यहि मेसिन डेलिभरी दिन जादैछु |  तपईको यस पसलमा पनि दैनिक ३० कप भन्दा माथि चिया खपत हुन्छ भने लगानी गर्नुस ...... उस्काउँदै म भिजिटिंग कार्ड हातमा थमाएर  पसलको बोर्डको फोटो  खिच्दै  छुटीन्छु ! लालबन्दी बाट पुर्व सानो जंगल छिचोलेपछि सायद फुल्जोर आउँछ  ,हो ! त्यहिं  ठाउँ  थियो  यो !  जाडोमा चियाको सम्झनाले गाडी रोकाएको थियो  | गाडीको खुलेको बर्नाड  फिक्स गर्दै चियाको बाफ दुई हत्केला बीच फुक्दै गाडीको ड्राइभर म बर्दिवास हानिन्छु |

 

करिब २२ कि.मि. जत्ति लामो जंगल रहेको बांके वन हुँदै म घर संसार रहेको जिल्ला महोत्तरी ,बर्दिवास पुग्दछु साँझको ०६:२५ भएको छ घर संसारमा निकै भिड छ कर्मचारी देखि लिएर साहुहरू खुद दौडधुपमा ब्यस्त छन् !  यद्यपी लगिएको समान अनलोड गर्न शुरु भैसकेको छ ,बिल रिसिभ लगाएत चेक बनाउने काम अघि बढे संगै  म त्यो भिड भन्दा केहि बाहिर निक्लिएको छु यसैबीच नागेन्द्रकुमार जयसवाल जी संग भेट हुन्छ वहाँ प्रतिष्ठित ईम्पोर्टरको रुपमा आफ्नो ब्यबसाय संचालन गरेर बस्नुभएको छ ! मलाई निजगढ देखि त्यहाँको बजार अप- डाउन  गरेको देखेर सोधिरहनु भएको छ कि ,

 ... खर्च उठ्छ ? 

.....एक्लै हिड्न कसरी सक्छौ ?

........यतिका जंगलको बाटो ?

.......यति लामो बाटो

....साथी लिएर हिड्नुपर्छ !

केटाकेटी मान्छे ........डर मान्नुपर्छ !

..................ईत्यादी संगसंगै...... सकेको छौ तिमीले ! भनेर भेटलाई  प्रसंशामा पुर्णबिराम लगाएर  वहाँ छुटिनुभयो |

   “ कालो केश तिम्रो .......लामो केश तिम्रो .......सेतो सारीमा .....

 लठ्याउँदै मलाई ....न लैजाऊ तिमि ......................क्षितिज पारीमा .....”  बर्दिबास बाट फर्कदा पनि यहि गीतका टुक्राहरू गुन्जायमान छन् गाडीमा

|

 

घडीले केवल ०८:१५ देखाएकोले दिदीको घर छिरेर खाना खाने योजना बन्छ यो योजना संगै गाडी हरिवन चिनीमिलको कोलोनिबाट खानाको गन्तव्यतिर मोडिन्छ , मामाको अभावमा तड्पिएका भान्जाभान्जी एकैछिनमा भरिपुर्ण हुन्छन , जब थाहा लाग्छ कि उनीहरुको मामा खाना दबाउन मात्र छिरेको हो र बास बस्ने वाला छैन तब एकाएक रिसाउँछन् कोहि पुर्व मुख त् कोहि पश्चिम मुख गर्छन यसै लहरमा मेरो निकै महत्वपुर्ण काम भोलि बिहानलाई साँचेको जिकिर गर्दै दिदीको घर फेरी अर्को पल्ट बस्ने गरि आउंछु भनेर छुट्टीन्छु |

 

ठित  लाग्दो जाडो छ , बाटो पूर्णरुपमा हुस्सुले ढकमक्क बनेको छ , हेडलाईट बाल्दा मुस्किलले १० मिटरको दुरी देख्न सकिएको छ ,रात त्  छिप्पड छदैंछ  २० मिनेट को दुरी तय पश्चात सिता ब्रदर्सका गणेश दाजु पसल अझै खुल्ला छोडेर बसेका छन् सायद नेप्स को मसरूम सुप कुरेर बसेका थिए , दिउँसो बिर्सिएछु सामान छोड्नलाई , गाडीबाट नमस्कार पस्किदैं त्यो मसरूम सुपको कार्टुन झार्दछु , सुपको पेमेन्ट हात नपरुन्जेल गणेश दाईको खबर सोधेर बसिरहेकोछु ,सोध्ने अरु बिसय नभएर होला !  हालखबर मात्रै १० चोटी झैँ सोधिसकेछु  , बुझेरै होला पेमेन्ट चाडैं उपलब्ध गराईदिनु भयो यद्यपी आफ्नै ढिलाईले गर्दा  हिउँदको रात ११ बज्न  थालिसकेछ   |

  बागमतीको पुलभित्रपट्टी बाट  पासलाईट मागिरहेको गाडी आउदैंछ  नदि किनार झनै उग्ररुपमा हुस्सु बगिरहेको छ ,मैले साइड लगाउंदै गाडीको गति शुन्यमा झारें ,दक्षिण साइड मा हनुमान जी को मुर्ति मधुरो देखिन्थ्यो  आफ्नो हात छातीमा टाँस्दै सद्भाव प्रकट गरें !  गाडीको सिसा हावा छिरोस ,न बाफियोस भनेर दुवै तर्फको थोरै थोरै खोलिएको छ ,साईड दिदैं अडिएको उक्त गाडीमा  एकजना लेडिज त्यो थोरै खोलिएको सिसा ढकढक्याउदै भन्छिन “ मलाई चपुर छोडिदिनुस न ! त्यहाँ भए बस पाउने थिएँ !!!”  त्यो विनम्रता तपाइँ खुद मेरो ठाउँ मा हुनुहुन्थ्यो भने  पनि सायदै अस्विकार गर्नुहुन्थ्यो सिमिलार्ली  मैले हस भनेर ढोकाको लक् खोलिदिएँ |

  My mind was an advance museum, full of negativity & dirty poetry तर त्यो हस बाहेक एक शब्द मुख बाट

निक्लिएँन , लिफ्ट  पाएसी  न त ति लेडिजको निक्लियो ! कुर्था सुरुवाल माथी लगाएको खैरो रंगको हुक अनि त्यसको टोपी र अनुहारमा लत्रीएका कपालका लाछा उनलाई त्यो हुस्सु जस्तै ब्लर राख्न पर्याप्त थियो , उनको त्यो मौनता भरिएको एकाग्रतालाई मैले चिर्न चाहिंन र म पनि वास्तै नगरे झैँ  बेफिकर स्टेरिंगलाई नै प्राथमिकतामा राखें ! 

 

करिब २० मिनेट जत्ति अघि बढेपछी बागमती र चपुर बीच उत्तर तर्फ हेर्दा उज्यालो पहाड र थोरै वस्ती देख्ने जंगलबीच , हो त्यहि पुलको मुख  जहाँ ट्राफिक मामाहरुको चेकिंग प्वाइन्ट संचालन हुने गर्दछ हो त्यहिं  सडक बीच  गाडीले बेजोड आवाज निकाल्यो ,मात्रै दुई दिन भएको थियो ग्यारेज धाएर गाडी बनाएको , खर्च भएको  पैसा अझै तिरिसकेको थिईन त्यो आवाजले मुटु  पोल्यो !  .....बस्ने लेडिजलाई  एकैछिन है    ........... फेरी के बिग्रियो ? उफ...उफ...उफ .....ओर्लिएँ ...........|

 

 

मोबाइल बालें,  गाडीको चारैतिर निहुरिएर हेरें ,गाडीको ईमरजेन्सी लाईट्स टिप् टिप् गरेर सुनिएको बाहेक अरु आवाज छैनन् , गाडी ठिक छ ! ?

के को आवाज थियो पत्ता लगाउन सकिएन ! गाडीमा खराबी थिएन / छैन |  बलिरहेको मोबाइल लिदैं गाडीको  क्याबिनतिर लम्किएँ  , ढोका खोलें ||

 

क्याबिन  त् खाली छ !  एकैछिन सम्हालिंछु ...सायद ५ मिनेट ?!   बाहिर टाउको निकालेर.... हेल्लो म्याम ! को आवाज दिन्छु  | जवाफ शुन्य छ  छेउको ढोका हेर्छु ,भित्रै बाट लक् छ |||

 अब मलाई सबै  भुतिया फिल्मको सम्झना आईरहेको छ  , गाउँघर तिर सुनिएको किचक्यान्डी  देखि पिसाच सबैको कथा दिमागमा थुप्रीन थालेको छ ,न छेउमा न पछाडी ! मुन्टो घुमाउन आँट  आईरहेको छैन , यसै त् जाडो छ  जिउ ,हात ,गोडा सबै काप्न सुरु भैसकेका छन्  ! मेरो हातका सबै रौंहरू तन्किएर ठाडा भएका छन् ............मेरो बोलि कतै दबिएको छ ,निस्सासिएको छ  ,मैले चिम्लिएको आँखा खोल्न सकेको छुईन .......स्तब्ध छु !

 

 भोलि बिहान मेरा आँखा  घरको ओछ्यानमा  खुल्छन , २  वटा ब्ल्यांकेट खप्टाएर  सुतिरहेको पाउँछु आफैंलाई  |

 ए ...सपना पो ! 

थैट  क्या डरावाना सपना.....................! के के देख्छु यार  ?!

ओछ्यान बाट उठेर फ्रेस हुन्छु , चिया पिउँछु ........गित सुन्नलाई कम्प्युटर लग इन गर्छु ...............कम्प्युटर को ब्राउजरमा घर संसार को IRD लग इन यथावत देखिन्छ , भ्याट बिल पल्टाएर हेर्छु  हिजोकै मितिमा बिल काटिएको छ ! vcts रनिंग छ |||

OMG !  उसो त्  सो घटना सत्य हो ?! यदि हो भने  म घर कसरी आईपुगें ? कसले ल्याईदियो ?  यस बिचको घटना याद किन छैन ? बेहोसीमा गाडी चलाएर घर सम्म  आउँन  सम्भव  हुन्छ र  ?  यस्तो घटना के यथार्थमै  घट्छ  ? यथार्थमा उता सामान पुगेको र यता बिल काटिएको सबुत स्पष्ट छन्  यसको आधारमा म सामान पुर्याउन गएकै हो | फर्किदैं गर्दा यो घटनाक्रमले मलाई बिचमा कतै लुकाएको छ जुन नित्तान्त असम्भव देखिन्छ, यो  विवादास्पद घटना मेरो लागी पृथक स्वाद बनेको छ !

 

                                       प्राथमिक भोगाईको द्वित्तीय सुनुवाई  यो भ्रमित परिदृश्य जोकोहीको लागी काल्पनिक रहन सक्छ तर जसको प्राथमिक भोगाई हो उसको लागी पनि  सो घटना  सत्य हो वा मनोवैज्ञानिक भ्रम मात्र ? निर्क्यौल गर्न मुश्किल छ ! यद्यपी म भोग्नेको प्रमाण सुरक्षित छन्  |

के शिरिष खड्काको गीतको बारम्बार सुनुवाइको मनोबैज्ञानिक असर थियो  त ?!  कि साँच्चिकै  चिहानकी परी आएकी थिईन त  ! ?

 

 अथाह प्रश्न प्रतिप्रश्नले पिरोलिएको यो घटना लुकाइराख्न सकिएन ! संगसंगै यो पृथक अनुभवको संगालो हामि आधुनिकताउन्मुख पिढिले भोगेको भन्दा तपाईलाई कत्तिको विश्वास लाग्छ ? लाग्दैन ? लाग्दैन भने यो दिग्भ्रमित  परिदृश्यको जवाफ के हुन् सक्छ ?  र यदि लाग्छ भने तपाइको अनुभव के छ ? साझा गर्न अनुरोध गर्दै ,सम्पूर्ण पाठक माझ धन्यवाद ब्यक्त गर्न चाहन्छु |


Comments

Popular posts from this blog

Pushpa 2: The Unexpected Twist That Changes Everything

What the Fuck(WTF)?!