Generation Z - उत्तम गोबिन्द मुरारी अधिकारी |||
सोध, प्रतिसोध ,ईर्ष्या ,रहर ,उल्लाहस ,दुख कष्ट ,संघर्ष ,अधिकार र दायित्व बिच जुझिरहेको मलाई एकदिन भगवान संग साक्षात्कार गर्न भित्रैदेखि ईच्छा जाग्यो । अब भगवान खोज्ने तलासमा म मन्दिर , मठ ,मस्जिद ,चर्च , सबैतिर भौतारिएँ ! यो समाज अनि समाजका अधिकांश सबै मैले मुर्ख देख्न थालेको थिएँ । सायद मेरो समाज यो हैन कि जस्तो पनि लाग्थ्यो ! अमेरिका ,जापान, नर्वे र अस्ट्रेलिया तिर हुनुपर्ने मान्छे म कसरी झुक्किएर नेपाल रहिरहेको छु ? यो प्रश्नले मलाई बुद्विजिवी होस् तँ ! जहिल्यै ढुक्क बनाउँथ्यो !!! म बारबार काकाको जोक्स सुनिरहेको हुन्थे , मामाको कुरालाई हो हो भन्दै सहि थापिरहेको हुन्थे , पिताजीको उत्कण्ठालाइ सुनेर सारथि बन्थे ! उनीहरुको तर्क र अभिव्यक्ति संसारकै सस्तो , पटमुर्ख र बिबेकहिन लाग्दथ्यो । भनेको सुनेर आफु लायकका कोहि नभएको र संसोधनको लागि जहिल्यै सुझबुझ पस्किंथे । साथीभाइको वाहवाही र प्रशंसाले मेरो अभिव्यक्तिको ईज्जतले आसमान छुन दौडीन्थ्यो ! मेरो अधिकांश दिनचर्या विदितै थियो । हरदिनको तनाव ,हतास , संघर्ष र संघर्ष ...