Yardly London


  

पर्पल कलरको रेन कोट लगाएर कोभिड १९ को उच्च सतर्कताको साथ पहेलो स्कुटिमा एक युबती करिव 60km/hr को गतिमा सुइँक्क छेउ बाट कल्टी मारिन!
 
म चालक रहेको बाईकमा वस्ने वृद्धमित्रलाई यो द्रुत दृश्य देखेपछी एकाएक उत्सुकताले पेट बटार्न पुग्यो । उमेरले हदैसम्म काकाबा/ठुलाबा को परिभाषा दिएपनी बुढा सम्बन्धले मेरा मित्र थिए । उट्याङा र बटारिएका कुराहरुले युवाहरुको उत्सुकतालाई सगरमाथाको उचाई दिने क्षमता बोकेका ऊनि त्यो स्पिडलाई उछिन्न चाहन्थे जुन अघि भर्खरै 🎼Yardley London को सुगन्ध छिटेर रकेट झै पहेलो स्कुटिमा टप्केकी थिईन 🤔
 
मोटरसाइकल
को साचो मेरो हातमा थियो यद्यपि अवस्थाले मेरो अवसर खोस्ने सम्भावना बढिरहेको थियो । नभन्दै उत्तम भाइ यो उमेरमा पनि तिमी यती पछि पर्यौ भने जीवन यसै खेर जानेछ भन्दै बुढाले मेरो हातमा रहेको चाबी खोसेर मलाई पछाडी बस्न निर्देशित गरे ।
मैले भने पानी रुकिन दिनुन सर किन यति हतार गर्नु ???
📀तर बाजेले मेरो कुरा के सुन्थेर ?आफ्नो मोबाइल र पर्स झिकेर मेरो rainproof ब्यागमा राखिदिए अनि बाइक चलाउन सुरू गरे ,बुढाको हौसलाको अगाडी म सङ चुप लागेर बस्नु बाहेक बिकल्प थिएन र पछिल्तिर बस्न बाध्य भए ।
बाइक गुड्न सुरू भएको 3 मिनेट भित्र स्पिडो मिटरको सुईले 85 र 100 को बिचमा किरगिट नाच देखाउन सुरु गरेको थियो । अनि मेरो मुटुले उहीँ गतिको ताण्डव 😂
बिरगंज को बाइपास रोडबाट स्पिड समातेको हाम्रो बाइकले कलैया चौक ठ्याक्कै ल्याइपुर्यायो स्लो मुद्रामा आइपुग्न त्यो पनि बुढाको मोबाइलमा रिङ टोन बजेकोले 🤣
☎️☎️☎️फोन उठाएर मैले दिए !!!
बुढा:अ भन किन फोन गरेकी ???(श्रीमती सङ )
श्रीमती : तपाइँ कति खेर आउनुहुन्छ ???
बुढा: म आउदै छु ,अब हिड्न थालेको .... केही काम छ?
श्रीमती : छोरी नि आउदै छे रे ।
कलैया भएर आउनुभयो भने सिद्वार्थ स्विट हाउस बाट 2 केजि जत्ती मोतिचुरको लड्डु ल्याउनु न है ।छोरिलाई निकै मन पर्छ ।
बुढा : हो र 😀ए ल ल ढुक्क भएस ।म ल्याम्ला ।
⚙️बुढाले फोन मलाई समात्न दिएर पुन: बाइक को रफ्तार बढाए जुन रफ्तार को गतिले सुगन्ध छिट्ने स्कुटर लाई 10:02 को अनुपातले पछि पार्दै हत्तारिएको मुद्रामा मिठाई पसल छिरेर लड्डु जोख्न लगाए ।
मलाई मिठाई खानु मन लागिरहेको थियो तर लिडर को केन्द्रबिन्दु मेरो मिठाई खाने सोचको ठिक बिरोधमा पहेलो स्कुटिको समीप लोभिरहेको थियो ।
बाइकको गतिले केही बेरमै स्कुटिलाई समीप रहेर चियाउने वातावरण उपलब्ध गरायो । मेरो वृद्ध मित्रले क्लज तान्दै, एक्सिलेटर बटार्दै ,हर्न बजाउदै खाली सडकमा स्कुटिलाई निकै तरहले युवकपन पस्किए । स्कुटिको ती युबति नि के कम ???
कोभिडको सेफ्टिले युवती झुक्किन पुगिन 🤔
त्यो रफ्तारको स्पिडले मेरो मास्क उडाइसकेको थियो ,प्रस्ट देखिने मेरो अनुहारको असरले हुनुपर्छ हेल्मेट ,वर्सादी ,मास्क र चस्माले रुमलिएका बुढालाई युबकै सम्झेको 🤣😂
हर्न बजाउदै म नि कम छुईन भन्ने संकेत उनिले गरिदिईन ।
यहि सहकार्यले बुढा अनेक अनेक ईशारा गर्न थाले ।
म स्तब्ध थिए बुढाको ईसारा देखेर अनि अझै चकित प्रती उत्तरमा उस्तै परावर्तन ती युवतिको ईसारा देखेर ।
युवतिको प्रतिउत्तर रुपि इशारालाई औल्याउँदै घरीघरी बुढाले मेरो पेटमा कुहिनाले घोच्दै थिए । हर्सित भैरहेको मुद्रा महसुस गराईरहेका थिए ।
यो प्रक्रिया पौने घन्टा जत्ती चलेपछी हामी हाम्रो गृह नगरी प्रवेश गर्यौ । चोक चौतारिमा निकै पटक भेटघाट भएर चिनजान गरेपनी बुढाको घरसम्म पुगेर परिवार चिन्ने मौका पहिलो चोटि मिल्दै थियो ।
🚴‍♂️स्कुटिलाई बुडाले टाटा वाइवाई को इशारा गर्दै flying kiss को चटक दिएर 
छुट्टिने आसय ब्यक्त गरे । स्कुटी वालिले पनि उस्तै रिप्लाई दिएर जिऊ मर्काई ।।।।।म हेरेको हेर्यै भए ।मेरो मुख ह्वाङ्ग थियो । हाम्रो बाईक रफ्तारले अघि बढ्यो स्कुटिलाई उछिनेर ।
😊बाजेको घर आइपुग्यौ ।बाजेले शानले हेल्मेट उतार्दै आफू अझै जल्दाबल्दा रहेको र मलाई युवक भन्न गुण नदेखेको भाव ब्यक्त गरिदिए मैले हासेर टारे । हामी घरभित्र पस्यौ पानी पर्न रोकियेको थियो सरको श्रीमतिले माथी छतमा चिया बनिसकेको जानकारी दिनु भयो । छतको कौशिबाट हामी चिया पिउदै उग्रेको आकाश नियालिरहेको थियौ ।
अघिको पहेलो स्कुटी बाटोबाट बुडाको घर तिर मोडियो ,बाजेको श्रीमतिले माथिबाट हेरेर ल छोरी पनि आईपुगिन भनेर भनिन ।।।!!!!!🤒🤒🤕🤧
मलाई त्यही छतबाट कुदन मन लाग्या थ्यो 😅
बुढा कत्ती तला बाट खसे कुन्नी ???
आज सम्म नि आँखा जुधाउन सकेका छैनन ।😝😝
😝
(घटना वास्तविक रहेकोले प्रस्तुत गर्दैछु कि गैरनैतिक हुन पुग्दा यस्तो परिदृश्य जोकोहीलाई पर्न सक्छ ।सचेत रहौ ।)


 

Comments

uttamcare said…
We need your commentary

Popular posts from this blog

Pushpa 2: The Unexpected Twist That Changes Everything

What the Fuck(WTF)?!