भोट 👍
" हामिले भोट बेच्यौ ? "
" तपाईले किन्नु भयो ! ? "
" भोट बेच्ने नागरिक देश बेच्ने सरह हैन र ? "
चौधरी
ग्रुप जसले वाईवाई नामक चाउचाउ विश्वमाझ पस्किन्छन उनीहरुको स्थापित
संरचनाको संघर्ष ५४ वर्ष पुरानो हो | धेरै टाढा नपुगौ हाम्रो बजार वरिपरी
जत्ति पनि ब्यापार ब्यबसाय गर्ने प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुन्छ
वहाहरुको यो स्थापित संरचना अनि ख्याती केवल गएका दुई चार दिनको कथाले
मात्र परिभाषित गर्दैनन | यो बुझ्नको लागि गएका कयौ वर्ष देखिको लगान
,मेहेनत ,दुरदर्शिता ,अडिग ,आत्मबिस्वासी निडर, र घुलमिल हुन् सक्ने
क्षमताको कदर बुझ्नुपर्ने हुन्छ |
खेतमा मकै छरेपछी माटोको चिस्यान र बाहिरको अनुकुल तापक्रमको आधारमा बिउ टुसाउने र बढ्ने काम गर्छ | मकैको बिउले एउटा प्रक्रिया समातेको हुन्छ जुन प्रक्रियामा पर्याप्त प्राकृतिक समय र पूर्ण स्याहार अनि पौस्टिक को अहम आवस्यकता रहन्छ जसले बिउलाई पुन झरिलो मकै बन्नको लागि सहयोग गरोस |
हाइब्रिड(प्रशिक्षित) प्रजातिमा पनि प्रक्रियाहरु हुन्छन जसले अनुकुल समय लिन्छ नै , फरक कुरा समय बढी लिने र कम लिने भन्नेमा रहन्छ | उसको प्रकृतिअनुरूप उसको वृत्ति बिकास अनि भूबनोट परिवर्तनको लागि पर्याप्त आवश्यक समय लागि नै हाल्छ |
वस्तुगत गर्भाधानको प्रक्रिया पनि उस्तै नै रहन्छ मानिसको ९ महिना ,भेडा-बाख्राको ६ महिना ,गाईभैसिको १० महिना ,सुन्गुरबुन्गुरको ३/४ महिना यावत तरिकाले हरेक चिजले उसको अनुकुल प्राकृतिक समय लिएकै हुन्छ |
हजुरवा ले आफ्नो पुजिअनुसार जीवन गुजारा गर्नको लागि आफुलाई चल्ने काठे घर नबनाएर दुरदर्शी बिचारले नातिको आवश्यकता हेरेर सिमित पुजीलाई पक्कि नै घरको जग हालिदिए |अनावस्यक र फजुल देखिए पनि त्यो जग थियो जुन जगमा टेकेर छोरोले पिल्लर खडा गर्न ,गारो लाउँन सक्थ्यो छोरोले खडा गरिदेको पिलर र लगाएदिएको गारो माथि ढलान गर्न नाति केटोलाई सहज हुन्थ्यो त्यसरी ढलान भएका घरलाई रंगरोंगन ,फर्निचर प्रयोग गरेर घर आकर्शक बनाउन पनातिलाई सहज बन्थ्यो | आर्थिक रुपमा यो एउटा सिमित स्रोत साधन भएको व्यक्तिको घर बनाउने प्रक्रियाले लिएको समय थियो जुन हजुरबाले उठाउनु भएको काम पनातिको पालामा गएर सफल हुन् पुग्थ्यो | यो बिचमा कोहि जिम्मेवार हुदैन थिए भने छोरोले गालि संगै बाबुलाई अपजस दिन्थ्यो अनि त्यो जगलाई पिल्लर हालिदिएकोले आफैलाई क्रेडिट दिन्थ्यो त्यसैरी नै नाति केटोले ढलान गरे मैले भनेर क्रेडिट आफुलाई अनि जग र पिल्लरको अपुरो कामको बेजस बा र हजुरबालाई दिन्थ्यो तर सबै जिम्मेवार थिए आफ्नो समय रहुन्जेल र आफुले सक्ने गरिरहे यसर्थ निरन्तरताले पनातिको जीवनस्तर हजुरबा को दाजोमा निकै उन्मुख र सफल बनायो | यो आर्थिक अभाव झेलिरहेको त्यो परिवारलाई उकासिन लाग्ने प्राकृतिक समय थियो जसको लागि स्रोत र साधनको हिसाबले यत्ति समय लाग्नु उचित र स्वाभाविक हो |
मानव शरीरबाट शिशुको जन्म हुन औसत नौ महिना लाग्नु स्वाभाविक प्रक्रिया हो र यसलाई मान्नु बाहेक बिकल्प अपवाद हो | एउटा दुई तले घरले अनुकुल पुजी भएको धनिबाट मुर्त रुप लिन कम्तिमा ६ महिना लिदो रहेछ र अझै त्यसलाई भवन बाट घर को वातावरण बनाउन नेतृत्वमुखी अभिभावकको निरन्तर लामो प्रयास आवस्यक देखिन्छ | दुबई ,साउदी अरब ,कोरिया ,जापान यी देशहरु गएका २/३ बर्ष भित्रमा झट्टै रुपान्तरण भएका पक्कै होईनन यिनले पनि आफ्नो अनुकुल स्रोत साधन र पूजीको आधारले प्राकृतिक समय लीइनै रहेका छन् बिगत २५/३० वर्षको कठिन गृहकार्य पस्चात बन्दै आएको सुशासन र संरचनाको पछाडी यसलाई पहिल्याउन गरिएको हरेक जिम्मेवार र जवाफदेही नागरिकको अहम भूमिका छ |
अधिकार र स्वतन्त्रता अधिक खोज्ने बानि बसालिसकेको प्रवृत्तिलाई चिर्न कडा नियमको लागु भन्दा पनि नैतिक चेतनाको बिकास जरुरी हो | उत्तरदायित्वको झुकाव रहनुपर्ने ठाउमा प्रतिवाद गर्नै मात्रको लागि प्रतिप्रश्न गर्ने गैर जिम्मेवारहरु को लिस्ट मा “म” पनि पर्छु किनकि “म” संग पनि पर्फेक्ट समाधान छैन यदि हुन्थ्यो भने सर्वप्रथम “म” पर्फेक्ट हुन् जरुरी थियो , मेरो आमाबूवा ,दाजु भाई ,दिदीबहिनी, आफ्ना आफन्त संग का सम्बन्ध सुमधुर हुन जरुरि थियो | आर्थिक रुपले “म” सबल र सफल हुन जरुरि थियो | मैले दोस्रो व्यक्ति अथवा निकायलाई दोष को उदघोस पुर्व “म” सबल छु भन्नका लागि म संग जोडिएका बिषय, सम्बन्ध, ब्यबसाय जस्ता ,हरेक वस्तुगत ब्यबस्थापन सहि र उचित हुनुपर्थ्यो | यी सब चिज छैनन् भन्नुको अर्थ “म” असक्षम छु दुई मत छैन यसमा |
असक्षम का लागि आफु र आफ्नो परिवारको स्तरोन्नति पहिलो प्राथमिकतामा हुनुपर्दछ न कि देशको चिन्ता र सामाजिक बिकासमा !!! र सक्षम उही हुन्छ जसको आफ्नो व्यक्तिगत अवस्था सक्षम होस् ,पारिवारिक मेलमिलाप प्रगाढ होस् ,आर्थिक आम्दानीको स्रोत परिपक्क होस् ,आफु संग जोडिएका बिसयगत अथवा वस्तुगत सम्पूर्ण चिजले सहि ब्यबस्थापन पाएको होस् | हो उही व्यक्तिले समाजलाई ,देशलाई सहि दिशातिर डोर्याउन सक्ने ल्याकत राख्दछ |
आफैमा असफल व्यक्तिबाट समाज सुधारउन्मुख हुन्छ भन्नु र ति व्यक्तिका बहकाउ मा आई तिनले देखाएका सपना र भिजन सफल हुन्छन भनि साथ् दिनु बिल्कुलै एकेडेमिक नहुन सक्छन यसर्थ “म” लाई सुधार हुन् जरुरी छ ,मेरो परिवार र सम्बन्धहरु सुदृढ हुन् जरूरी छ ,मेरो अर्थतन्त्र बलियो हुन् जरुरी छ | जुन कुरा समाज र देशको बिकास मापनको अभिन्न पाटो हो |
नेताहरु सबै राम्रा छन, नेता को अर्थ नै सबैलाई समेट्न सक्नु ,बुझाउन सक्नु ,रिझाउन सक्नु भन्ने बुझिन्छ जसले सकेनन उनीहरु नेता नभएर त्यो निश्चित बिसय र समुदायको अगुवा मात्र हुन |
जनता शिक्षित र नैतिकवान बनाउन सक्ने सामर्थ्य भएको सक्षम र सफल नेता चाहियो ।

Comments