बिगडल आलु 👀


www.uttamcare.blogspot.com,

 

आलुलाई उठाएर लगियो ,पछारियो, उफारियो ,धोइपखाली गरियो ,काटियो ,तारियो ,सुकाइयो,भुटियो,खुर्सानी दलियो,नुन छिटकियो,निस्सासिदो प्लास्टिकका पोकामा बन्द गरियो । तब गएर रु.४०  प्रती केजिको आलु रु. ४०००  प्रती केजिको लेजमा रुपान्तरण भयो । यो रुपान्तरणको समय न आलुलाई संकेत गर्ने सुचना भेटिए न त आलुलाई फुर्सद्को समय मिल्यो कि मेसिन बाट बाहिर निस्किएर लेज बन्दिन भन्नलाई समयको माग र उतारचढाव संगै आलु लेज हुन पुग्यो ,कुरकुरे हुन पुग्यो,चिप्स हुन पुग्यो ,फ्रेन्च फ्राई हुन पुग्यो । 

आलु अब क्रेकर, चिप्स ,लेज ,फ्रेन्च फ्राइ,इत्यादिको रुपमा मार्ट ,सुपरमार्ट ,ठुला सपिङ स्टोरमा आराम गर्न थालेको छ लसुन र प्याज ले पनि आलु सरह नै कस्ट सहेर ,सिकेर रुपान्तरणमा लागेका छन यसै कारण लसुन र प्याजहरुले आलुको बाध्यता बुझ्छन ! आलु ब्यस्त बस्न विवश छ तर आलुका अरु साथी पनि छन भ्यान्टा, घिरौला,लौका ,फर्सी जसलाई लागिरहन्छ आलुले आफ्नो पृष्ठभुमि बिर्सियो ,! हामिलाई बिर्सियो !!! हाम्रो आलु साथी निकै ठूलो भयो !!! अब बोल्न नि छोड्यो ,!!! हामिलाई सोध्न नि छोड्यो !!! यिनै प्रश्न मैले आलुलाई सोधे ! आलु के यी कुरा साच्चै हुन ??? आलु निकै चिन्तित अनि मौन मुद्रामा रह्यो र लामो सास हाल्दै भन्यो !! आलुले हिजो पनि आज पनि ती सबै साथिहरु सम्झिन्छ सम्झिरहेको हुन्छ । सम्झिए पनि आलुको बाहिरी आवरण ले आलुलाई आलु बन्न दिएको छैन । 

 

आलुले म त्यही आलु हु भन्दा पनि पत्याउनिले पत्याउदैनन । उनिहरुले बुझ्छन यो त लेज पो हो ! चिप्स हो !! क्रेकर हो !!!अब आलु कहाँ "आलु" रह्यो र ??? बाहिरी आवरणको दोष लागेको आलुले आफ्नो पृष्ठभुमि बिर्सिएको छैन । आलु सधै आफ्नो बिगत सम्झिरहेको हुन्छ । आलुले अवसर पाएको दिन कसैलाई निराश बनाएको छैन र बनाउने छैन ।यो आलुको प्रतिभाव हो जुन मैले आलु बाट जानकारी पाएको छु । आलुको स्थिति जोकोहिको हुन सक्छ !!! आलु जोकोही बन्न सक्छ !!!

Comments

Popular posts from this blog

Generation Z - उत्तम गोबिन्द मुरारी अधिकारी |||

Pushpa 2: The Unexpected Twist That Changes Everything

Mystery Encounter.