आखाँ

www.uttamcare.com
बसमा मैले एक महिलाको  स्तनमा ट्याटु देखे त्यो ट्याटु निकै राम्रो पुतलीको थियो मैले एकटकले हेरिबसे , मलाई  रमाइलो लाग्यो | केहीबेर मा एकजना अधबैसे दाजु छेकिन आइपुगे त्यो स्तनको ट्याटु मेरो लागि हलिवूड मुभी भन्दा कम थिएँन | मलाई के थियो र ? ढल्किएर  हेरिदिएं किनकि खुल्ला चिज देखिन्थ्यो ! हेर्नुस है देखिनु र हेरिनु  नित्तान्त फरक हुन् !  अघि छेक्न खोज्ने ति दाजु  ति महिलाको  श्रीमान रहेछन |

भौतिक रुपमा आखाँ नहुनेलाई यो फिक्का लाग्न सक्छ तर आँखा हुने र आँखाको अधिकतम उपयोग  गर्नेले चन्द्रमाको स्पर्श बोक्न भ्याउछन | आकाशको जुन टिप्न भ्याउछन | हावाहुरी चलाउन भ्याउछन ! तुफानी साज ल्याउन  सक्छन |

आँखा  सार्है  सक्रीय  हुन्छ   राम्रा  चिज त् देख्नै हुदैन   ! स्क्यान गरेर PDF  नै बनाउन भ्याउछ | आखाँ को अगाडी  नासाको टेलिस्कोप पनि  फिक्का छ  ! त्यति पावरफुल  स्क्यानिंग क्षमता बोकेको हाम्रो आखाले के के नगर्ला ???

आँखाले हेर्दैन मात्र ,देख्छ  पनि , सद्भाव राख्छ ,शोक प्रकट गर्छ , कल्पनाका कल्पित दृश्यहरु मनिटरिंग गर्छ ,रित्तो हुने गरि सोस्छ , तिर हान्छ , पौडी खेल्छ ,जाल फयाक्छ ,जुम इन गर्छ , जूम आउट गर्छ  , सेलेक्ट  गर्छ , अस्विकार  गर्छ ,तौलिन्छ , संगसंगै  क्षणभर मै  विषय अनुकुल संचार को माध्यम बन्छ  आँखा  !

अर्थ गलत  नलागेमा , धर्मको सम अर्थ विषय र वस्तुको क्षमता अनुसारको काम  भन्न मिल्छ  ! यदि मिल्छ भने सुनिआएको आगो को धर्म ताप दिने ,हावाको धर्म स्वास दिने , पानीको धर्म प्यास मिटाउने ! तर क्षमताको कुरा जोडिदा  पानीले प्यास मात्र त् मेटाउदैन  यसले परि आउदा आगो नि बुझाउछ ! आगोले ताप मात्र नदेला , आवश्यक ठाउमा उज्यालो नि दिन्छ नै ! वा  त्यहि पानीलाई बाफ बनाउन सहयोग गर्ला !   हैन र ? मतलब  प्राथमिक  उपयोगिता संगसंगै सबै वस्तु तथा सेवाको दोस्रो ..तेस्रो हुदै हुदै अन्य बहु उपयोगिता पनि हुन् सक्दछ अथवा हुने  गर्दछ |

सोच ठिक हुनुपर्छ  पक्कै !!! ................मैले मेरो आमाको स्तन देखेको छु त्यसै स्तनको दुध खाएर हुर्किएको मलाई यो कुरा  एकदम नै सामान्य लाग्छन ,न  त्यसमा कुनै बक्र दृस्टी हुन्छ न कुनै उत्तेजना बिल्कुल सामान्य  !!! यो सबैको साझा अनुभव हुनसक्छ ! हुन सक्छ आमा समान अरु पनी जसको नग्नताले कुनै फरक नपार्ला !!!  तर  नग्नता र लाजको प्रदर्शनले त्यो दाजुभाई ,श्रीमान ,वा आफ्नु प्रीयजन जोकोहीलाई गलाउन सक्छ ,बिचलित बनाउन सक्छ ,जुन पहिरन अथवा प्रदर्शनीले  स्वतन्त्रताको नाम मा ठुलो दुर्घटना निम्त्याईरहेको हुन्छ !  तपाई ले देखाउनु भएको चिज यी आँखाले देख्छन नै ,अस्वीकृत नदेखिएको ,छोपिएको लाजका गहना चै  हेर्न खोज्नु महापाप हो  ! निन्दनीय हो !! वर्को  , सल ,पछ्यौरा , गम्छा आदि लाजलाई राम्ररी कभर गर्ने परम्परागत  पहिरन हुन्  जसले  सह अस्तित्वको रक्षा गर्दछ ! 

👉

www.uttamcare.blogspot.com

Comments

Popular posts from this blog

Pushpa 2: The Unexpected Twist That Changes Everything

What the Fuck(WTF)?!