Posts

Start Your Own Business with Little Investment

Image
                                               सुर्ती  जयन्ती 👀😂 वास्तविक मिलनसार समाज कोहि खोज्छन भने ती सुर्ती लभर हुन । सबैले नसोच्लान कोहि प्रगतिपथमा चढुन तर सुर्तिप्रेमी चाहन्छन सबै सक्षम हौऊन । सबैको प्रगती हौओस ।सबै सङ सुर्ती हौओस । समाजमा जातिय छुवाछूतको अन्त्य यदि हुन्छ भने त्यसको श्रेय सुर्तिप्रेमिलाई नै जानेछ ।     जब सुर्तीप्रेमीहरुको जमघट हुन्छ त्यहाँ न बाहुन हुन्छ्न ,न मगर ,न नेवार ,न त कोहि ताम्राकार ! न कोहि म्यानेजर त न कोहि पियन ,न शिक्षक न विध्यार्थी ,न मजदुर न ब्यबसायी !!! हुन्छन त केवल सुर्तिप्रेमिहरु मात्र सुर्तीप्रेमी सुर्ती माड्ने नेतृत्वकर्ताको नेतृत्वदायी भुमिका रहन्छ र उसले वरिपरि रहेका सम्पुर्ण लाई सोधी सोधी खुवौछन ।यहाँ बाट प्रस्ट हुन सकिन्छ कि सुर्तिप्रेमी वास्तविक समाजबादको अनुयायी हुन भनेर ।       सुर्तिप्रेमी निकै भलादमि प्रकृतिका हुन्छन सुर्तिको लेनदेनमा निकै सभ्य भासा ...

Psychologist 👀

Image
www.uttamcare.blogspot.com घरबाट ५००  मिटर पर सारा मान्छेले पुज्ने झाक्री काका बसोबास गर्नुहुन्छ ।झाक्री काकालाई पुज्नुको कारण काकाले विभिन्न अदृश्य रोगहरु देखि लिएर प्रेत ,पिसाच सम्मको सफल शल्यक्रिया गर्नुहुदो रहेछ । मलाई काकाको विश्वास तब देखि लाग्यो जब मैले डाक्टर साहेब पनि आफ्नी श्रीमती र छोरो बिमार हुदा बाटेको धुप र चामलका दाना बोकेर धाउन थाले । मेरो साथी केही महिनादेखि पाइल्स रोगले ग्रस्त थियो ,निकै उपचार गराए पनि खासै उपलब्धी नभएकाले राम्रो उपचारको पर्खाईमा बसिरहेको थियो । मौका हेरि साथिलाई काका कहाँ पुर्याउने निधो गरे । काकाले आफ्नो झाक्री कोठा निकै राम्ररी सजाएका रहेछन ।धुलोको एक कण पनि मैले देख्न सकिरहेको थिइन ।   एकेडेमीक पढाइ काकाको शून्य भएपनी कोठाको इन्टेरियर सजावट हेर्दा बुढा कोहि प्रशिक्षित डिजाइनर भन्दा कम छन भनेर अडकल गर्ने सामर्थ्य जुटाउन मुस्किल थियो । कोठाको वरिपरि र्याकमा बिध्यालयमा देखिएको भन्दा बढी किताबहरुको संग्रह थिए । मेरो आँखा यिनै चिज नियाल्दै थिए । बुढाको ओछ्यान भन्नू नै पराले राडी मा तन्दा ,एउटा सिरान र ओड्नलाई एउटा ...

बिगडल आलु 👀

Image
www.uttamcare.blogspot.com,   आलुलाई उठाएर लगियो ,पछारियो, उफारियो ,धोइपखाली गरियो ,काटियो ,तारियो ,सुकाइयो,भुटियो,खुर्सानी दलियो,नुन छिटकियो,निस्सासिदो प्लास्टिकका पोकामा बन्द गरियो । तब गएर रु.४०  प्रती केजिको आलु रु. ४०००  प्रती केजिको लेजमा रुपान्तरण भयो । यो रुपान्तरणको समय न आलुलाई संकेत गर्ने सुचना भेटिए न त आलुलाई फुर्सद्को समय मिल्यो कि मेसिन बाट बाहिर निस्किएर लेज बन्दिन भन्नलाई समयको माग र उतारचढाव संगै आलु लेज हुन पुग्यो ,कुरकुरे हुन पुग्यो,चिप्स हुन पुग्यो ,फ्रेन्च फ्राई हुन पुग्यो ।  आलु अब क्रेकर, चिप्स ,लेज ,फ्रेन्च फ्राइ,इत्यादिको रुपमा मार्ट ,सुपरमार्ट ,ठुला सपिङ स्टोरमा आराम गर्न थालेको छ लसुन र प्याज ले पनि आलु सरह नै कस्ट सहेर ,सिकेर रुपान्तरणमा लागेका छन यसै कारण लसुन र प्याजहरुले आलुको बाध्यता बुझ्छन ! आलु ब्यस्त बस्न विवश छ तर आलुका अरु साथी पनि छन भ्यान्टा, घिरौला,लौका ,फर्सी जसलाई लागिरहन्छ आलुले आफ्नो पृष्ठभुमि बिर्सियो ,! हामिलाई बिर्सियो !!! हाम्रो आलु साथी निकै ठूलो भयो !!! अब बोल्न नि छोड्यो ,!!! हामिलाई सोध्न नि छोड्यो !!! यिनै प्रश्...

आखाँ

Image
www.uttamcare.com बसमा मैले एक महिलाको   स्तनमा ट्याटु देखे त्यो ट्याटु निकै राम्रो पुतलीको थियो मैले एकटकले हेरिबसे , मलाई   रमाइलो लाग्यो | केहीबेर मा एकजना अधबैसे दाजु छेकिन आइपुगे त्यो स्तनको ट्याटु मेरो लागि हलिवूड मुभी भन्दा कम थिएँन | मलाई के थियो र ? ढल्किएर   हेरिदिएं किनकि खुल्ला चिज देखिन्थ्यो ! हेर्नुस है देखिनु र हेरिनु   नित्तान्त फरक हुन् !   अघि छेक्न खोज्ने ति दाजु   ति महिलाको   श्रीमान रहेछन | भौतिक रुपमा आखाँ नहुनेलाई यो फिक्का लाग्न सक्छ तर आँखा हुने र आँखाको अधिकतम उपयोग   गर्नेले चन्द्रमाको स्पर्श बोक्न भ्याउछन | आकाशको जुन टिप्न भ्याउछन | हावाहुरी चलाउन भ्याउछन ! तुफानी साज ल्याउन   सक्छन | आँखा   सार्है   सक्रीय   हुन्छ    राम्रा   चिज त् देख्नै हुदैन    ! स्क्यान गरेर PDF   नै बनाउन भ्याउछ | आखाँ को अगाडी   नासाको टेलिस्कोप पनि   फिक्का छ   ! त्यति पावरफुल   स्क्यानिंग क्षमता बोकेको हाम्रो आखाले के के नगर्ला ??? आँखाले हेर्दैन मात्र ,देख्छ   ...

💚गुनासो 💚

Image
www.uttamcare.blogspot.com तिमि फुलेकी थियौ र पो! हेरे नफुल्थ्यौ तिमि न हेर्थे मैले मगमग मग्न सुवासना तिमि न हुन्थ्यौ न वासना सुंघ्थे मैले तिमि बोलेकी थियौ र पो! बोलें न दिन्थ्यौ बोल्ने छुट न बोल्थे मैले संकेत सधै हरियो दिन्थ्यौ तिमि यदि हुन्थ्यो रातो न बुझ्थे मैले देखायौ आस मुसलधारे र पो ! देखे न दिन्थ्यौ साथ् न लिन्थे मैले असरल्ल निराधार मन्दिर तिम्रो न हुन्थ्यो पुजा न गर्थे मैले तिमि झरी बन्यौ र पो! बन्जर बनें न हुन्थ्यौ पानी न पिउंथे मैले उर्जा को स्रोत हुन्थ्यौ तिमि न दिन्थ्यौ हात न छुंथे मैले -0-

💓Health Bites💓

Image
               शारीरिक  कसरतले  शरीरका  अंग प्रत्यंग लाई चुस्तता प्रदान गर्दछ जसले  दिमागी  हालत स्वस्थकर  राख्न अहम भूमिका निर्वाह गर्दछ |                          कसरत प्रक्रिया हो यसलाई निरन्तरताको खाचो पर्दछ | अनुशासनको  महत्व निकै नै हुने गर्दछ  कसरत अभ्यासमा | यो व्यक्तिगत कुरा रहे पनि  स्वस्थ रास्ट्र को परिकल्पनामा यसको स्थान अहम रहन्छ |

भोट 👍

Image
  Red Bites    नबेचौं | गलत नसोचौं                      " हामिले भोट बेच्यौ ? " " तपाईले किन्नु भयो ! ? " " भोट बेच्ने नागरिक  देश बेच्ने सरह  हैन र ? " चौधरी ग्रुप जसले वाईवाई नामक चाउचाउ विश्वमाझ पस्किन्छन उनीहरुको स्थापित संरचनाको संघर्ष ५४ वर्ष पुरानो हो | धेरै टाढा नपुगौ हाम्रो बजार वरिपरी जत्ति पनि ब्यापार ब्यबसाय गर्ने प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुन्छ वहाहरुको यो स्थापित संरचना अनि ख्याती केवल गएका दुई चार दिनको कथाले मात्र परिभाषित गर्दैनन | यो बुझ्नको लागि गएका कयौ वर्ष देखिको लगान ,मेहेनत ,दुरदर्शिता ,अडिग ,आत्मबिस्वासी निडर, र घुलमिल हुन् सक्ने क्षमताको कदर बुझ्नुपर्ने हुन्छ | खेतमा मकै छरेपछी माटोको चिस्यान र बाहिरको अनुकुल तापक्रमको आधारमा बिउ टुसाउने र बढ्ने काम गर्छ | मकैको बिउले एउटा प्रक्रिया समातेको हुन्छ जुन प्रक्रियामा पर्याप्त प्राकृतिक समय र पूर्ण स्याहार अनि पौस्टिक को अहम आवस्यकता रहन्छ जसले बिउलाई पुन झरिलो मकै बन्नको लागि सहयोग गरोस | हाइब्रिड(प्रशिक्षित) प्र...